'प्रधानमन्त्रीज्यू, मन्त्री बनाइपाऊँ भनेर अदालतमा परमादेश जारी गर्न लागउनोस्'

काठमाडौँ - नेकपा एमालेका सांसद महेश बस्नेतले सरकार गठन भएको तीन साता वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै अदालतबाट परमादेश जारी गर्न लगाउन भन्दै व्यङ्ग्य गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा कवितात्मक शैलीमा उनले यस्तो व्यङ्ग्य गरेका हुन् ।
यस्तो छ उनको कवितात्मक व्यङ्ग्य
एसएसपीले तुइन काटे, जयसिंह धामी मरे, सरकार भन्छ-मौन बस, समाचार नबनाऊ ।
प्रधानमन्त्री भन्नुहुन्छ- खोप, खोप, खोप । मेयरको घरमा खोप, घरमा होटलमा कार्यकर्तालाई खोप नै खोप । जनता दिनभरी लाइनमा, खोप न सोप !
विचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । अस्पतालको एमडी फेर्छ । स्वास्थ्य माफियलाई संरक्षण गर्छ ।
देशभर बाढी पीडित जनता राहत पाइएन भनेर कराउँछन् । विपक्षी दलका सांसदहरू मन्त्री नपाए सरकारमा जान्न भन्दछन् ।
माओवादी जसपा भन्दैछन्, मन्त्री नपाए आत्महत्या गर्छु ।
परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ । मन्त्रीमण्डल विस्तार भएको छैन ।
मन्त्री बनाइपाऊँ भनेर अदालतमा परमादेश जारी गर्न लागउनोस्, प्रधानमन्त्री ज्यू !!

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया