शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

दार्चुला घटना : छानबिन समितिले सत्यतथ्य पत्ता लगाएर ल्याउँछ भनेर कसरी विश्वास गर्ने ?

काठमाडौँ - नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दार्चुलामा भारतीय एसएसबीले तुइन खोलिदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउँछ भन्नेमा शंका व्यक्त गरेका छन् । 

प्रतिनिधि सभामा गृहमन्त्रीलाई प्रश्न सोध्नेक्रममा थापाले भने, ‘जयसिंह धामीको घटनामा भारतले भारतीय पक्षले कुनै संलग्नता नरहेको कुरा आएको छ । यस्तो हो भने छानबिन समितिले सत्यतथ्य कुरा पत्ता लगाएर ल्याउँछ भनेर हामीलाइृ गृहमन्त्रीले हामीलाई कसरी विश्वास दिलाउनुहुन्छ ?’  उनले यो घटनामा नेपाल सरकार भारतसँग कसरी लड्छ भनेर पनि प्रश्न गरे ।