शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

‘जयसिंह धामीको खोजी गर्न नेपाल–भारतको संयुक्त टोली किन बनेन ?’

काठमाडौँ - सांसद देवेन्द्रराज कँडेलले दार्चुलामा भारतीय एसएसबीले तुइन खोलिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा भारत र नेपालको संयुक्त टोली किन नबनेको भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले बेपत्ता धामीको खोजीका लागि नेपाली टोलीसँगै भारतीयले पक्षले पनि आफ्नो हिसाबले खोजीकार्य गरिरहेको बताएपछि उनले यस्तो प्रश्न गरेका हुन् ।
 
‘भारतले नै खोजि गरेको छ भनियो । भारतले नै आफैँ दोषी भनेर भन्ला ?,’ उनले भने, ‘संयुक्त रुपमा किन खोजी गरिएको छैन । कारण के हो जवाफ चाहियो ।’