दार्चुला घटनामा सांसदको प्रश्नले घेरिए गृहमन्त्री खाण
गृह मन्त्री बालकृष्ण खाणले दार्चुला घटनाबारे संसद्लाई दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरूले प्रश्न गरेका छन् । गत शुक्रबार तुइनबाट महाकाली तरिरहँदा भारतीय एसएसबीले तुइन फुकालिदिँदा जयसिंह धामी बेपत्ता छन् । यस विषयमा छानबिन समिति बनाएर अनुसन्धान अघि बढाएको बताएका छन् । उनले धामीको खाेजीकार्य नेपाल र भारत दुवैतर्फबाट भएको बताए । उनै खाणलाई सासदहरूले यस्तो छ प्रश्न गरे –
खगराज अधिकारी
मालघाटबाट दार्चुला जाने क्रममा जयसिंह धामीले अपराध पूर्ण क्रियाकलापबाट मृत्युवरण गर्नु परेको छ । सरकार बडो घुमाउरो तरिकाले । निमुखो तरिकाले । जवाफ दिइरहेको छ । अपराधीलाई कारबाही हुनुपर्दछ । गृहमन्त्री के भन्नुहुन्छ । पुल के उहाँले आजै बनाउने हो ? कि हिजो बन्दै थियो ?
योगेश भट्टराई
दार्चुला घटनामा स्वयं गृहकार्य भइरहेको खोजी भइरहेको रिपोर्ट छ । तर, मन्त्रीज्यूले डेथ भनिरहनु भएको छ । रिपोर्ट नआउँदै के उहाँको मृत्यु भइसकेको हो ? किन यस्तो भनिँदैछ ?
गगन थापा
दार्चुला घटनामा भारतले कुनै संलग्नता नरहेको भनेर मिडियामा आएको छ । के यस्तै हो ? सत्यतथ्य पत्ता लगाएर छानबिन समितिले लिएर आउँछ भन्ने विश्वास कसरी दिलाउनुहुन्छ ? सत्यतथ्य बाहिर आइसकेपछि नेपाल भारतसँग जमेर डटेर लढ्छ भन्ने कुरा विश्वास हामीलाई कसरी दिलाउनुहुन्छ ।
शेरबहादुर तामाङ
छर्लगैं देखेको घटनामा पनि विवरण सुन्दा सत्य तथ्य आउँदैन भन्ने थाहा भइसक्यो । कुन चस्मा लगाएर सुनाउनु भएको हो । संसदीय समिति चाहिन्छ
शान्ता चौधरी
गृहमन्त्रीको प्रस्तुती हल्का देखियो । प्रत्यक्षदर्शीहरुले एसएसबीले तुइन काटेको भनेर भनिरहेका छन् । गृहमन्त्रीले भन्नुहुन्छ जानकारी लिइरहेका छौं । यो प्रमाण खोजिरहेने बेला हो र ? प्रत्यक्षदशी प्रमाण होइनन् ? भारतीय अत्याचारकाविरुद्ध यो सरकार मौन रहने हो भने हामी सहेर बस्दैनौं । एसएसबीको विषयमा मौन रहेर बस्नु भयो ।
विमला विक
दार्चुला घटनाको विषयमा गृहमन्त्रीले हल्का टिप्पणी गर्नु भयो । के समितिले सबै कुरा ल्याउन हिम्मत गर्छ ? शंका छ । भारतसँग केही कुरा भयो किन भएन ?
गणेशसिंह ठगुन्ना
गृहमन्त्रीज्यूले नै भन्नु भयो तुइन तरिसकेका र बाँकी व्यक्तिसँग बयान लिइयो । बयान लिइसकेको घटनामा पनि सरकारले किन आलटाल गरिरहेको छ ? भारतसँग के-कुरा गरेको छ सदनलाई जानकारी होस् ।
महेश बस्नेत
गृहमन्त्रीको टिप्पणी साह्रै हल्का भयो । भारतसँग कसरी वार्ता गर्दै हुनुहुन्छ ? बाढी पीडितको निम्ति भइरहेको छ ?
देवेन्द्रराज कँडेल
धामीको सन्दर्भमा पीडत नेपाल पीडक भारत । नेपाली पक्षमा खोज तलास गरिहेका छन् ।भारतीय पक्षले पनि खोजीरहेको छ । के पीडकले हामी दोषी हो भनेर सही जस्टीस देला ? सीमामा विवाद हुँदा दुई पक्षको संयुक्त टोली बनाएर खोजविन र छानबिन गरिन्छ । यसमा किन भएन ?
दिलेन्द्र बडू
दार्चुला घटनाको सन्दर्भमा छानबिन समिति घटनास्थलमा गएको जानकारी दिनुभयो । तर, छानबिनका क्रममा भारतीय पक्षसँग के कुरा भएको छ ? तुइन तरिसकेको र तरिसकेकासँग सम्पर्क भयो कि भएन । सम्पर्क कहाँ पुगेको छ ?
पुष्पा भुसाल
ओलीले तुइन हटाएर पल बनाउँछु भन्नु भएको थियो । तर बोल्नु भयो काम कम गर्नुभयो । यो त्यस्को परिणाम हो । यो । छानबिन समितिले निष्पक्ष छानबिन गरेर न्याय दिने आधार के छ ? डिला संग्रौला पन्त महाकालीमा नदी तर्दै गर्दा नदीमा बेपत्ता भए । छानबिन समिति बनेको भन्नु भएको छ । सत्य तथ्य के हो ?
पदम गिरी
दार्चुलाः एसएसबीको ज्यादतीको निन्दा गर्न चाहन्छु । सबैले भनिरहेका छन् उनीहरुले तुइन काटिदिए । तर, सरकार भन्छ अध्ययन गर्दैछौं प्रहरी कार्यालयमा बयान दिन बोलाइरहेको छ । प्रत्यक्षदर्शीले तुइन काटिएको भनेका छन् । यस्तो विषयमा छानबिन समित बनाएर किन ढाकछोप गर्न खोजिँदैछ ?
विशाल भट्टराई
सानो टोली गठन गरेर छानबिन गरे समाधान हुँदैन । उच्चस्तरकै पहल आवश्यक छ । संसदीय समितिको माग गरिरहेका छौं । यसमा यहाँको धारणा के छ ?

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया