प्रतिनिधि सभामा गृहमन्त्रीको जवाफः समितिले बुझाउने प्रतिवेदनअनुसार जुनसुकै कदम चाल्न तयार छौँ
काठमाडौँ - गृहमन्त्री बालकष्ण खाणले दार्चुला घटनाको छानबिन गर्न गठित समितिले बुझाउने प्रतिवदेन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधि सभामा सांदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारले सत्य-तथ्य सार्वजनिक गर्ने प्रतिवदनअनुसार जुनसुकै कदम चाल्न पनि तयार रहेको प्रतिबद्धछा जनाए ।
'दार्चुला महाकाली नदीमा भएको घटनाका सम्बन्धमा सरकारले छानबिन समिति बनाएको छ र समितिले घटनास्थलमा पुगेरै छानबिन गर्नेछ,' उनले भने, 'तुइन तर्न सफल भएकाहरूसँग पनि भेटघाट गर्नु हुनेछ र उनीहरूले दिएको जानकारीलाई मूल आधार बनाउनेछ । त्यहाँका आम नागरिकसँग पनि बुझ्ने र सत्यतथ्य संकलन गरेरै प्रतिवेशन बनाइने छ । निष्कर्षलाई सरकारले
दृढताकासाथ अगाडि बढाउने छ। नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व हो । नागरिकको जीवन रक्षमा हामी गम्भीर छौँ । समितिले जे प्रतिवेदन दिन्छ सरकारले जे तथ्य हो त्यही ने सार्वजनिक गर्नेछ र पूर्ण रूपमा अडान लिने र जुनसुकै कदम चाल्न पनि तयार छौं । प्रतिबद्धता जाहेर गर्दछु ।'

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया