बेल्जियममा छोरीको आमा बनिन् गरिमा

काठमाडौं : अभिनेत्री गरिमा पन्त आमा बनेकी छिन् । उनले छोरीको तस्बिर राख्दै आफू आमा बनेको जानकारी गराएकी हुन् । उनले केही समयअघि मात्रै बेबी बम्प देखाउँदै आफू आमा बन्न लागेको जानकारी गराएकी थिइन् ।
उनले फेसबुक पोस्टमा छोरीको नामसमेत उल्लेख गरेकी छिन् । उनले छोरीको नाम ‘प्रिसा’ जुराएको पनि उल्लेख गरेकी छिन् । नेपाली फिल्ममा अभिनय गर्दागर्दै बेल्जियम हान्निएकी गरिमाले हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन् ।
शिव रेग्मीको क्याम्पबाट फिल्म क्षेत्रमा जमेकी गरिमाले यादव भट्टराई निर्देशित ‘झोला’मा गरेको अभिनयबाट चातर्फी तारिफ पाएकी थिइन् । योभन्दा अघि उनले ‘निखिल दाइ’ भन्ने फिल्मबाट फिल्मको अभिनयमा डेब्यु गरेकी थिइन् । थुप्र्र टेलिचलचित्रमा पनि अभिनय गरेकी गरिमाले ‘तीन घुम्ती’, ‘फूल’ आदि फिल्ममा अभिनय गरेकी छिन् ।

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया