शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी
निषेधाज्ञाभरको व्यक्तिगत घटना दर्ता विलम्व शुल्क छुट दिने

काठमाडौ– सरकारले शिक्षक सेवा आयोग गठन गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै सरकारले आयोगका दुई सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्याय गरेको छ । त्यस्तै सरकारले यसियाली विकास बैंकद्वारा रेस्पोन्सिभ कोभिड १९ भ्याक्सिन भर रिकोभरी प्रोजेक्टका लागि दिएको १६५ मिलियन अमेरिकी डलर सौलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
वैशाख १६ देखि निषेधाज्ञाभरको व्यक्तिगत घटना दर्ता विलम्ब छुट दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
त्यस्तै सरकारले विभुषण समितिमा भुषण श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, मदनराज श्रेष्ठ, कुशप्रशाद मुल्मी, ओमप्रकाश महतो, नरबहादुर कडेललाई मनोनयन गरेको छ ।
त्यस्तै बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया