बिहीबारदेखि नेपाली कामदार युएई जान पाउने

काठमाडौँ- बिहीबारदेखि नेपाली कामदार युएई जान पाउने भएका छन् । युएईको भिसा प्राप्त गरेका र युएईमै कोभिडविरुद्धको खोप लगाएका नेपाली कामदार जान पाउने भएका हुन् । युएईको भिसा भएको तर खोप नलगाएका सरकारी कार्यालयमा कार्यरत व्यक्ति,स्वास्थ्यकर्मी, विद्यालय र विश्वविद्यालयका शिक्षक, उपचार गराइरहेका व्यक्तिसमेत युएई जान पाउने युएईस्थित नेपाली दूतावासले जनाएको छ ।
युएई प्रवेश गर्न पहिचान तथा नागरिकताको लागि संघीय प्राधिकरणको अनुमति लिनुपर्नेछ । जानका लागि २४ घण्टभित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, नेपालको विमानस्थलमा एन्टिजेन्ट परीक्षण र युएईको विमानस्थलमा पीसीआर परीक्षण गर्ने भएको दूतावासले जानकारी दिएको छ ।
लामो पहलपछि महत्त्वपूर्ण निर्णय गरेकोमा युएई सरकारप्रति दूतावासले आभार प्रकट गरेको छ । कोभिड-१९ को महामारी सुरु भएपछि युएईले नेपाली कामदारलाई प्रवेशमा रोक लगाएको थियो ।

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

प्रतिक्रिया