आरक्ष पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग कुरा गर्छु : साउद

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आरक्षपीडितका समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने बताएका छन् । कञ्चनपुरमा मंगलबार आयोजित कार्यक्रममा साउदले लामो समयदेखिका आरक्ष पीडितका समस्याका समाधान गर्न प्रधानमन्त्री देउवासँग कुरा गर्ने बताएका हुन् ।
उनले आरक्ष पीडितका समस्या तत्काल समाधान गर्न पहल गरिने बताए । 'हामीले गछौं भनेर पहिले पनि भनेका थियौँ । अहिले पनि भनिरहेका छौँ । गर्छौँ पनि,' साउदले भने । एमालेले केन्द्रमा सरकार परिवर्तन भएपछि विभिन्न प्रलोभन देखाएर बहकाउने काम गरिरहेको साउदले बताए । त्यस्तो हल्लाको पछि नलाग्न उनले नागरिकलाई आग्रह पनि गरे ।
'साढे तीन वर्षसम्म गर्छु भनेर बोलेको कुरा नगरेपछि अहिले जाउँजाउँ भन्ने बेला जस लिनका लागि भ्रम फैलाइरहेका छन् । यो कुरा हास्यास्पद छ, झुटा छ भन्ने कुरालाई हाम्रो पार्टी साथीहरुले गाउँ गाउँसम्म लैजानुपर्छ,' उनले भने ।
एमालेले नागरिकलाई विभिन्न अपेक्षा देखाएर धोका दिएको आरोप उनले लगाए । पार्टीभित्र गुटबन्दीमा नलाग्न पनि उनले कार्यकर्तालाई आग्रह गरेका छन् ।

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव चन्दबीच भेटवार्ता

प्रतिनिधिसभाको बैठक बस्दै

राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति हावी भयो : उपसभापति गुरुङ

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

आज प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिक्रिया