पोखरा-नेपालगञ्ज उडानमा आकर्षण, बुद्धले हप्तामा ५ फ्लाइट गर्ने

काठमाडौँ : बुद्ध एयरले सुरु गरेको पोखरा-नेपालगञ्ज फ्लाइटमा पर्यटकको आकर्षण बढेको छ । यसै हप्ताबाट बुद्ध एयरले पोखरा-नेपालगञ्ज सिधा उडान थालेको थियो । पर्यटक र यात्रुको चाप बढेपछि बुद्धले तीन दिनमै हप्तामा ५ वटा सिधा उडान गर्ने घोषणा गरेको छ ।
गएको आइतबारदेखि बुद्धले हप्तामा ३ वटा फ्लाइट गर्ने गरी उडान थालेको थियो । तर आर्षकण बढेपछि तीन दिनमै बुद्धले हप्तामै पाँच वटा फ्लाइट गर्ने घोषणा गरेको हो । अब हप्ताको आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार उडान हुनेछ ।
यसअघि नाट्टा बाँकेले सीता एयरको जहाज चार्टर्ड उडान गरेर पोखरा-नेपालगञ्ज सिधा उडान थालेको थियो । त्यो उडान सफल र आकर्षक भएपछि बुद्धले पनि आइतबारदेखि सिधा उडान थालेको हो । बुद्धले यो रुटमा चार हजार ९ सय ३५ देखि सात हजार ६ सय ३५ रुपैयाँ भाडादर तोकेको छ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया