शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट आजदेखि

काठमाडौँ : भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट आजदेखि सुरु हुँदैछ । इंग्ल्यान्डको नटिंघममा दिउँसो पौने ४ बजेदेखि खेल सुरु हुनेछ ।

इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले पाँच खेलको टेस्ट सिरिज खेल्न लागेको हो । न्यूजिल्यान्डसँगको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा उपाधि गुमाएको भारतले इंग्ल्यान्डसँगको टेस्ट श्रृंखला जित्ने आशा राखेको छ । 

यसअघि सन् २०१८ मा भारत पाँच खेलको टेस्ट श्रृंखलामा पराजित भएको थियो ।