बङ्गलादेशमा थप पाँच दिन लकडाउन

ढाका- बङ्गलादेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी बन्दाबन्दी (लकडाउन)लाई थप कडाईका साथ आगामी पाँच दिनका लागि बिस्तार गर्ने निर्णय गरेको छ ।
सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी गरेको लकडाउन १० अगष्टसम्मका लागि बढाउने निर्णय लिएको राजधानी ढाकामा मंगलबार आयोजित उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलनमा मन्त्री ए.के.एम. मोजमेल हकले बताउनुभएको छ ।
अगष्ट ११ देखि पदयात्री तथा यातायातमाथि आवतजावतमा लगाएको प्रतिबन्धलाई चरणवद्धरूपमा कम पार्दै लाने उनले बताए ।
उक्त दिनपछि सबै पसल तथा सपिङ मल पुनः सञ्चालनमा आउने उजले बताए । जुलाई २१ मा यहाँ मनाइने ईद अल–आदा पर्वको अवसरमा एक हप्तासम्म प्रतिबन्ध लगाएपछि बङ्गलादेशले जुलाई २३ देखि अगस्त ५ सम्म थप कडाइका साथ लकडाउनलाई निरन्तरता दिने बताएको थियो । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया