चोरी भएका मूर्ति भेटियो

हेटौँडा- मकवानपुरको थाहा नगरपालिकास्थित-६ बज्रबाराहीबाट गएराति बाराहीलगायत विभिन्न १३ देवीदेवताका मूर्ति चोरी भएको छ । चोरी भएका मूर्ति प्रहरी र स्थानीयवासीको सक्रियतामा थाहा नगरपालिका-१० नौखण्डे चोकमा फेला परेको छ ।
थाहा नगरपालिका- ६ स्थित धामी सुनिलकुमार महर्जनको घरमा राखिएका मूर्ति गएराति २ बजेतिर चोरी भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए । मूर्ति चोरी भएको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट प्रहरी परिचालन गरिएको थियो । खोजी गर्ने क्रममा चोरी भएका मूर्ति थाहा नगरपालिका १० नौखण्डे चोकमा कालो झोलामा पोका पारेको अवस्थामा फेला परेको पालुङ प्रहरीले जनाएको छ ।
चोरी भई फेला परेका मूर्ति धामी सुनिलकुमार महर्जनलाई नै जिम्मा लगाइएको छ । चोरी भएका मूर्तिमा बाराही, गणेश, कुमारी, इन्द्रायणी, भैरव, ख्याग, बेतालगायतका छन् । दुईवटा ढकीमा कपडाले पोको पारेर राखिएका मूर्ति तीन जनाले धामीकी श्रीमती कान्छी महर्जनको आँखामा खुर्सानीको धुलो छ्यापेर चोरी गरी भागेका थिए । ती मूर्ति तीन वर्षे जात्रामा धामीको घरबाट विधिवत् रुपमा मन्दिरमा लगेर पूजा गरिन्छ । करीब ७० वर्ष अगाडि प्राचीन मूर्ति चोरी भएपछि हालका मूर्ति ल्याइएको थियो । रासस

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया