सेयर बजारमा नयाँ रेकर्ड : ३१२३.१४ बिन्दुमा पुग्यो नेप्से
११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ । १२.०५ अंकले बढेर नेप्से ३१२३.१४ बिन्दुमा पुगेको हो । कारोबारमा आएकामध्ये ६ समूहका परिसूचक वृद्धि हुँदा नेप्से नयाँ उचाइमा पुग्न सफल भएको हो । सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचकमा वृद्धि भएको छ ।
जलविद्युत् समूहको परिसूचक पाँच दशमलव ८१ प्रतिशतले बढेको छ । ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा सात कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर नै लागेको छ । खानीखोला जलविद्युत्, दिव्यश्वरी जलविद्युत्, कालिका पावर कम्पनी, अपी पावर कम्पनी, अपर तामाकोशी, युनियन लाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ ।
१५ अर्ब ५९ करोड रुपैयाँ कुल सेयर कारोबार भएको छ । एक लाख ४४ हजार आठ सय ८७ पटकको कारोबारमा दुई करोड ८८ लाख १३ हजार आठ सय ३१ कित्ता सेयर किनबेच भएको छ । अपी पावर कम्पनीको ७९ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया