शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

महन्थ ठाकुरको मुद्दामा सर्वाेच्चको कारण देखाउ आदेश

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्णय गरेपछि त्यसविरुद्ध ठाकुरले सर्वाेच्चमा रिट दायर गरेका थिए । आज बुधबार सर्वाेच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले १५ दिनभित्र आयोगलाई जवाफ दिन आदेश दिएको हो । 

साउन ११ गते निर्वाचन आयोगले जसपा कार्यकारिणी समितिको ‘हेड काउन्ट’ गर्दा यादव समूहले बहुमत पुर्‍याएपछि पार्टीको आधिकारिकता यादव समूहले पाएको थियो । सोही निर्णयविरुद्ध ठाकुर १५ गते सर्वोच्च पुगेको थियो । ठाकुरले निर्वाचन आयोगको निर्णय रोक्न पाउँ भनेर पनि सर्वाेच्चा रिट दायर गरेका थिए ।