नेपाली क्रिकेटमा पारसको दोस्रो अध्याय

काठमाडौँ : नेपाली क्रिकेटमा आफ्नो पहिलो अध्याय सिध्याएका पारस खड्काले अब दोस्रो अध्याय सुरु गर्ने भएका छन् । मंलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयास लिएका पारसका लागि अब क्रिकेट व्यवस्थापन दोस्रो अध्याय हुनेछ ।
‘खेलाडीका रुपमा मैले नेपाली क्रिकेटमा आफूले सकेको छाप छाडे जस्तो लाग्छ । अब फरक भूमिकामा देखिनेछु । त्यसमा पनि सक्दो योगदान गर्नेछु’ आफ्नो सन्नयासबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मलेनमा पारसको सुरुवाती प्रतिक्रिया थियो ।
३३ वर्षीय पारसले नेपालका लागि पहिलो पटक सन् २००२ मा खेलेका थिए । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको सो प्रतियोतिा यू–१५ स्तरको थियो । सिनियर टिममा भने उनले त्यसको चार वर्षपछि खेल्ने मौका पाए । अन्तर महादेशीय प्रतियोगिताबाट सुरु उनको र्राष्ट्रिय टिमको करियरले निरन्तर उचाइ लिँदै गयो । नतिजास्वरुप उनी सन् २००६ मा उप–कप्तान बने ।
अनि तीन वर्षपछि पारस कप्तान बने । जुन भूमिकामा उनी सन् २०१९ सम्म रहे । कप्तानी छाडेकै वर्ष सन्नयास लिने सोचेको पारसको भनाइ थियो । ‘तर टिमलाई नैतिक समर्थनको आवश्यकता पर्छ भनेर त्यसबखत सन्नयास लिईनँ । अब भने टिम बलियो बनिसकेको छ । प्रतिभावान युवा खेलाडीहरू टिममा आइरहेका छन् । अब उनीहरूको वृत्ति विकासमा ध्यान दिइनुपर्छ,’ पारसको भनाइ थियो ।
फरक भूमिकामा देखिन चाहेको बताइरहेका पारसले केही महिनाभित्रै एकडेमी सञ्चालनमा ल्याउने पनि जानकारी दिए । त्यसपछि क्रिकेट व्यावस्थापनमा आउने दिर्घकालिन लक्ष्य त छँदैछ । ‘करिब १० वर्ष कप्तान रहे । त्यस दौरान कप्तानको भूमिका बुझ्ने मौका पाएँ । कप्तानका रुपमा टिममा कति इम्प्याक्ट पार्न सकिन्छ भन्ने बुझियो । त्यसकारण व्यावस्थापनमा रहेर झनै महत्वपूर्ण इम्प्याक्ट पार्न सकिन्छ जस्तो लाग्यो,’ पारसले भने ।
यद्यपि पारसका लागि क्यानको कुनै भूमिकमा पुग्न सजिलो भने छैन । जुन पारस आफैँले पनि बुझेका छन् । ‘निर्वाचन प्रक्रियाबाट आउनु पर्छ । जिल्ला,प्रदेश हुँदै केन्द्रसम्म आइपुग्न सजिलो छैन,’ पारसले थपे । यद्यपि पारस भविष्य प्रति उत्साहित भने छन् । आफू चुनौती सामना गर्न सधैँ तयार रहने बताउँदै पारसले भने, ‘खेलाडीका रुपमा मैदानमा चुनौती सामना गर्न उत्साहित नै भइन्थ्यो । अबका दिनमा मैदान बाहिर आउने चुनौती सामना गर्न पनि तयार छु ।’
आफूले राष्ट्रिय टिमबाट सन्नयास लिए पनि आफ्नै जीवनकालमा नेपालले टेस्ट खेलेको हेर्ने चाहना रहेको बताए । ‘नेपालले सन् १९९६ ताका नै आईसीसीको सदस्यता पायो । ओडीआई स्टाटस सन् २००५ तिरै पाएको भए मेरै पालामा टेस्ट खेलिन्थ्यो । अब चाहना भनेको आफ्नो जीवनकालमा नेपालले त्यो सफलता हासिल गरोस् भन्ने हो । यो लक्ष्यमा सफल हुन सकिन्छ । हामी सबैले आ–आफ्नो स्थानबाट योगदान गर्ने हो भने गाह्रो छैन’ पारसले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया