एमालेले सत्ताबाट बाहिरिएपछि पनि लालपूर्जाको लोभ देखाइरहेको छ : साउद

कञ्चनपुर - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपा एमालेले सत्ताबाट बाहिरिसकेपछि पनि लालपूर्जाको लोभ देखाइरहेको बताएका छन् । बुधबार कञ्चनपुरको झलारीमा आयोजित कार्यक्रममा साउदले एमालेले बिक्री मूल्यभन्दा पनि महँगोमा जग्गा वितरण गर्ने र पार्टीलाई पोस्ने योजना बनाएको टिप्पणी गरे ।
उनले भने, 'एमालेले सत्तामा हुँदा साढे तीन वर्षसम्म केही पनि गरेन । तर, सत्तामा टिक्नै नसक्ने अवस्था भएपछि लालपूर्जा बाड्ने हल्ला गरेर आयोग गठन गर्यो । विगतमा हामीले बनाएका आयोग पनि कम्युनिस्ट आएपछि खारेज गरेकै हुन् । आज हामीले पनि आयोग खारेज गर्ने निर्णय गरेका छौं । फरक यत्ति हो कि कम्युनिस्टहरुले ५० औं वर्षदेखि भोगचलन गरेको जग्गालाई बिक्री मूल्यभन्दा पनि महँगोमा नापजाँच गर्ने र पार्टी पोस्ने रणनीति बनाएका थिए ।'
कांग्रेस नेतृत्वको सरकारले उक्त रणनीतिलाई असफल पार्दै जग्गाको सही मूल्यांकन गरेर सस्तोमा जग्गा उपलब्ध गराउने साउदले बताए । आरक्षको समस्या आफूले नै सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री हुँदा समाधानको तहमा काम गरेको र केहीलाई पैसासमेत वितरण गरेर टुग्याएको बताए ।
साढे तीन वर्षसम्म एकजना आरक्ष पीडितलाई पनि जग्गा उपलब्ध गराउन नसकेको कम्युनिस्ट सरकारले अहिले सत्ताबाट बाहिरिएपछि भ्रम फैलाइरहेको उनले बताए । सुकुम्बासी आयोग गठन गर्ने कुरामा ढिलाइ नगरिनेसमेत प्रतिबद्धता साउदले व्यक्त गरे ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया