वन्यजन्तुको संरक्षण हुँदा कृषि उत्पादनमा घट्यो
डडेल्धुरा : डडेल्धुरा जिल्ला वन्यजन्तु चोरी शिकारी कम भएर वन्यजन्तुको संरक्षण भए पनि कृषि उत्पादन भने घट्दै गएको छ । नजिकैको संरक्षण क्षेत्रबाट आउने जङ्गली जनावरले खेतीपाती नष्ट गर्न थालेपछि किसान कृषि पेशाबाट विस्थापित हुँदै गएका हुन् ।
जिल्लाको अमरगढी नगरपालिका–१ र जिल्ला सदरमुकामका विभिन्न वडामा फैलिएको ऋषि खोला सामुदायिक वन संरक्षण भएसँगै वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि हुँदै गएपछि यस क्षेत्रका स्थानीय बासिन्दाले कृषिजन्य उत्पादनलाई छोड्दै गएका हुन् ।
जिल्लाको अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका तथा भागेश्वर गाउँपालिका किसानले खेतीपातीभन्दा पनि अन्य कााम गर्ने थालेको स्थानीयवासी दिलबहादुर ताम्राकारले बताए । “खेतीपाती लगाएर के गर्नु, आफूले त्यसको उपभोग गर्न पाउँदैनौँ”, उनले भने । वन्यजन्तुले खेतबारीमा लाएको अन्न तथा तरकारी सबै नष्ट गर्न थालेपछि अहिले धेरै किसान कृषिखेतीबाट विस्थापित हुँदै गएको उनले बताए ।
पछिल्लो समय वन्यजन्तु संरक्षण हुँदै गएपछि बँदेललगायतका अन्य जनावरको बथानले बालीनाली सखाप पार्न थालेको अजयमेरु–१ का रमेश दमाईले बताए । जङ्गली जनावरले क्षति नहुने अवस्थाको अध्ययन र पहिचान गरी उक्त कृषि बाली लगाउने योजनामा अगाडि बढिरहेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । यस्तै वन्यजन्तुले खेतीपाती सखाप पार्ने थालेपछि तारबार लगाइएको अमरगढी–६ का वडाध्यक्ष गोविन्दराजन भट्टले बताए । रासस

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

प्रतिक्रिया