एमाले माधव नेपाल समूहको बैठक बस्दै

काठमाडौँ : नेकपा एमालेको माधव नेपाल समूहको बैठक आज बस्दैछ । काठमाडौँको नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपाल समूहका केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ ।
नेता सुरेन्द्र पाण्डेका अनुसार नयाँ बानेश्वरमा बोलाइएको बैठकमा गर्ने छलफलबारे अहिले परामर्श चलिरहेको छ । बैठकमा सरकारमा जाने वा पार्टी एकतालाई टुंगोमा पुर्याउनेमध्ये के गर्ने ? भन्ने विषयमा गम्भीर छलफल हुने नेताहरुले बताएका छन् ।
पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग एकताका विषयमा ठोस छलफल गर्ने तयारी भएपनि कुरा नमिल्दा माधव नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने भन्ने विषयमा अलमलमा छ । तर माधव नेपाल पक्षको बैठकमा सहभागि नहुन एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया