विमला वली सार्वजनिक हुँदै : 'अपहरण शैली'मा सरकारी पक्षले बन्धक बनाएकै हो त ?

बुटवल- एक हप्तादेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली आज पत्रकार सम्मेलन गरी सार्वजनिक हुने बताएकी छिन् । उनी निकट स्रोतका अनुसार वली माओवादी केन्द्रमै रहेको र आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको छ । उनले दिउँसो पत्रकार सम्मेलन गरेर सबै कुरा राख्ने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।
दाङ क्षेत्र नं. ३ को ‘ख’बाट निर्वाचित वली गएको साउन १५ गते माओवादी पार्टिको सम्पर्कविहीन भएकी थिइन् । सम्पर्कभन्दा बाहिर रहेपछि उनलाई पार्टीले खोजी कार्य जारी राखेको थियो । एमालेका लुम्बिनी प्रदेश सभाका सचेतक भूमेश्वर ढकाल र नेता मानबहादुर रावतले उनलाई लगेको स्रोतको दाबी छ । उनले यो कुरा अझै व्यक्त गरेकी छैनन् । ढकालको गाडीमा उनलाई नेपालगञ्ज लैजाने भनी तुल्सिपुरबाट हिँडाएको भए पनि सिधै मुख्यमन्त्री कार्यालयमा लगिएको भनि आफूहरूसँग भनेको माओवादी केन्द्रका एक प्रदेश सांसदले बताए ।
वलीको मोबाइलको लोकेसन पनि १५ गतेदेखि नै मुख्यमन्त्री कार्यालय वरिपरि देखाएको भन्दै अपहरणको शैलीमा उनलाई लगिएको प्रदेश सांसद दामाकुमारी शर्माको दाबी छ । उनको नाममा सोमबार विज्ञप्ति जारी गरी एमालेमा प्रवेश गरेको खबर बाहिर ल्याइएको थियो । २०७६ मंसिरमा भएको उपनिर्वाचनमा उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट जितेकी थिइन् ।
त्यसपछि अदालतले दुई पार्टी एकताभन्दा पहिलेकै अवस्थामा पुगेको भनी फैसला गरेपछि उनले गएको वैशाख १९ गते बुटवलमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्र रोजेकी थिइन् । उनका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधनपछि सोही स्थानमा विमलालाई उम्मेद्वार बनाइएको हो । लुम्बिनीमा नयाँ प्रदेश प्रमुख आएपछि सरकार परिवर्तनको चर्चा चलिरहेको छ । मंगलबार मात्रै विपक्ष गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया