वैदेशिक रोजगार विभागले भन्यो: इजरायल जाने नाममा कसैलाई पैसा नबुझाउँनू
'कामदार छनौट निष्पक्ष हुन्छ'

काठमाडौँ- वैदेशिक रोजगार विभागले इजरायल जान आवेदन योग्य व्यक्तिलाई कुनै पनि एजेन्सी वा व्यक्ति विशेषलाई रकम नबुझाउन आग्रह गरेको छ । 'केयर गिभर' मा कामदार पठाउन इजरायल र नेपालसरकारसँग मात्र सम्झौता भएको तथा अन्य कुनै पनि निजी संस्थासँग सैद्धान्तिक सम्झौता नभएको विभागले जनाएको छ ।
इजरायलमा केयर गिभर छनौट गरी पठाउने नेपाल सरकारसँग आफ्नो सम्झौता छ भनी केही सामाजिक सञ्जाल प्रयोग गरी आवेदन दिने व्यक्तिहरूलाई प्रलोभनमा पारी भ्रम फैलाइ रकम समेत उठाउने कार्य भइरहेको समाचारप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कामदार पठाउन कुनै पनि निजीक्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवम कुनै पनि व्यक्तिको संलग्नता छैन । नेपाल र इजरायल सरकारको सम्झौताअनुसार कामदार छनौट गरिन्छ । अंग्रेजी भाषाको परीक्षाबाट छनौट भएकालाई मात्र अन्तवार्तामा बोलाइने विभागले प्रस्ट पारेको छ । रोष्टरमा नाम निकालेपछि कामदार छनौट गरेर इजरायल पठाइने र छनौट प्रक्रिया निष्पक्ष हुनेसमेत विभागले जानकारी दिएको छ ।
'कसैले रकम उठाउने काम गरेको पाइए प्रमाणसहित वैदेशिक रोजगार विभागमा वा वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन हुन अनुरोध गरिन्छ,' विभागले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ,' कामदार छनौट प्रक्रियामा सहभागी योग्य आवेदकले विभागको वेभसाइट https://dofe.gov.np मा उपलब्ध सूचना अध्ययन गरी https:// ferms.dofe.gov.np मा तोकिएको समयावधि भित्र अनलाइन आवेदन सकिन्छ ।'

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

प्रतिक्रिया