चाक्सीबारीमा पौडेल पक्षको बैठक

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । चाक्सीबारीस्थित नेता प्रकाशमानसिंहको निवासमा नेताहरू बिहीबार मध्यान्न छलफलमा जुटेका हुन् । छलफलमा वरिष्ठ नेता पौडेलसहित नेता शशांक कोइराला, नेता सिंह, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसी सहभागी छन् ।
नेता सिंहका प्रेस सहयोगी यूपी लामिछानेकाअनुसा नेताहरूबीच महाधिवेशन केन्द्रित छलफल भइरहेको छ । नेताहरूबीच क्रियाशील सदस्यताका विषयमा छलफल हुने उनले बताए । ‘महाधिवेशन केन्द्रित छलफल हो, ’ उनले भने, ‘क्रियाशील सदस्यताका विषयमा पनि छलफल हुन्छ । हिजोको बैठकमा के-के मिल्यो ? के-के बाँकी छ भन्ने विषयमा पनि छलफल हुनेछ ।’ नेताहरूको बैठकले अब कसरी जाने भन्ने विषयमा पनि धारणा बनाउने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया