हामी एकताकै पक्षमा छौँ तर, ओली केके बोल्दै हिड्नु हुन्छ : भीम आचार्य

काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता भीम आचार्यले आफूहरु पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । नेपाल समूहले डाकेको केन्द्रीय कमिटीको बैठकमा केहीबेर मात्रै सहभागी भएर बाहिरिएका नेता आचार्यले पार्टी एकताको विकल्प नभएको बताएका हुन् ।
‘एकताको विकल्पै छैन । जतिसुकै बोल्ड भए पनि परिस्थिति परिपक्क भएपछि बोल्ड निर्णय हुने हो । ओली पक्ष आएपछि हामी एकताका लागि तयार नै छौँ,’ उनले भने, ‘तर, उहाँले केके बोल्दै हिँड्नु हुन्छ । मूल अड्केको पावर ब्यालेन्स लगायत विषय हुन् ।’
पार्टी विवाद समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदामा धेरैको असन्तुष्ट भए पनि त्यसलाई दुवै पक्षले स्वीकार्नुपर्ने उनको भनाइ छ । १० बुँदा नै एकताको आधार भएको उनको ठहर छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया