वलीलाई अपहरण गरेको भए मोबाइल हुन्थेन, सिमकार्ड खोसिन्थ्यो होला : भूमेश्वर ढकाल

बुटवल - नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद विमला वलीले मुख्यमन्त्री शंकर पोखरेललाई भेट्न जान्छु भनेपछि आफ्नै गाडीमा राखेर बुटवल ल्याएको बताएका छन् ।
बिमला वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई भूमिश्वर ढकाल र दाङका एमाले नेता मानबहादुर राउतले बुटवल नजाने भन्दाभन्दै जबरजस्ती अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा पुर्याएको बताइकी थिइन् । ढकालले भने वलीकै आग्रहमा ल्याएको बताए । ढकालले वलीले लगाएको आरोप अस्वीकार गरे ।
उनले भने, 'पार्टी अध्यक्ष केपी शर्मा ओलीले वलीलाई कारबाही गर्न स्पष्टीकरणको पत्र काटेपछि म त्यो पत्र लिएर उहाँलाई बुझाउन दाङ गएको हुँ । पत्र हेरेपछि एकपटक मुख्यमन्त्रीलाई भेट्छु भनेपछि गाडीमै बसेर बुटवल आउनुभएको हो '
अपहरण गरेको भए वलीसँग मोबाइल कसरी हुन्थ्यो भन्दै प्रतिप्रश्न पनि गरे । ढकालले भने, 'उहाँलाई अपहरण गरेको भए त मोबाइल कसरी हुन्थ्यो ? सिमकार्ड खोसिन्थ्यो होला । यो अपहरण होइन । बाँकी कुरा प्रेस मिट गरेर सार्वजनिक गर्छौं ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया