सरकारलाई चाँडो पूर्णता दिनुपर्छ : डा. रामशरण महत
'भदौमै महाधिवेशन हुने सम्भावना लगभग समाप्त भयो'

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । काठमाडौँमा गरेको साक्षात्कारमा उनले सरकार गठन भएको लामो समयसम्म पनि पूर्णता पाउन नसक्नु गलत भएको बताए । वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरू सच्याउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्नेमा उनले जोड दिए । यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ पूर्ण बजेट ल्याइनुपर्ने महतको भनाइ छ । महतले राजनीतिक नियुक्ति गर्दा पनि योग्य र सक्षम व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने बताए ।
डा. महतले भदौमै महाधिवेशन हुने सम्भावना लगभग समाप्त भएको पनि बताए । अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुँगो नलागेकोले तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना नरहेको उनको भनाइ छ । तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने भएपछि अब के गर्ने ? भन्नेबारे पनि छलफल सुरु भएको उनले जानकारी दिए । महतले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले आन्तरिक जीवन सधैं सुदृढ गर्नुपर्ने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया