क्यानडाकी सर्वाधिक सफल ओलम्पियन ओलेकसियाक किन भइन् आफ्नी शिक्षिकाप्रति रुष्ट ?

काठमाडौँ- पेनी ओलेकसियाक क्यानडाका लागि ओलम्पिकमा सर्वाधिक सफल खेलाडी हुन् । पौडीकी ओलेकसियाकले जारी टोकियो ओलम्पिकमा सहित कुल सात ओलम्पिक पदक जितेकी छन् । उनले यस पटकमात्रै पनि तीन पदक जितिन् । जसमा एक रजत र दुई कास्य सम्मिलित छन् ।
हालै उनले आफ्नो विगत खोलेकी छिन् । विद्यालयमा हुँदा आफूलाई एक शिक्षिकाले पौडीभन्दा पढाईमा ध्यान दिन भनेको सम्झेकी छन् । ‘मैले भर्खरै गुगलमा हेरेँ, क्यानडाको सर्वाधिक सफल ओलम्पियनमा मलाई देखायो । हाई स्कुलकी ती शिक्षिकालाई सम्झिन चाहन्छु, जसले मलाई पौडी त्याग्न भनेकी थिइन् । तर मैले आफ्नो सपना त्यागिनँ । र, आज यो स्थानमा आइपुगेकी छु,’ ओलेकसियाकले ट्वीटरमा लेखेकी छन् ।
पहिलो ट्वीट गरेको ९० मिनेटपछि उनले फेरि लेखेकी छिन्, ‘समग्रमा मलाई आफ्ना शिक्षिक र शिक्षिकासँग कुनै रिस छैन । मेरो अघिल्लो ट्वीट एक शिक्षिकाप्रति मात्र लक्षित थियो । किनभने मेरी दिदि सहित कयौँ शिक्षक र शिक्षिकाले मलाई सधैँ उर्जा दिइरहे,’
२१ वर्षीय ओलेकसियाकले जारी ओलम्पिकमा १०० मिटरको फ्रि–स्टाइल रिलेमा रजत जितेकी छन् । त्यसैगरी, २०० मिटर फ्रि–स्टाइल र १०० मिटरको मेड्ले रिलेमा कास्य जितेकी हुन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया