अपाङ्गमैत्री नीति निर्माण गर्न सरकार प्रतिवध्द छ : सञ्चारमन्त्री

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अपाङ्गमैत्री नीति निर्माण गर्न सरकार प्रतिवध्द रहेको बताएका छन् । शनिबार बाल अपाङ्ग टेवा संस्थाले काठमाडौं आयोजना गरेको ह्वीलचेयर बितरण कार्यक्रममा सञ्चारमन्त्री गुरुङले राज्यको हरेक क्षेत्रमा अपाङ्गमैत्री पूर्वाधारका साथै आवश्यक नीति निर्माण गर्न सरकार प्रतिवध्द रहेको बताएका हुन् ।
उनले अध्यादेशमार्फत सरकारले सामाजिक सुरक्षा ऐन संशोधन गरेको जानकारी दिदै आवश्यकता अनुसार अन्य कानुन तर्जुमा गर्दै लैजाने बताए । गुरुङले सरकारले डिटिजल नेपालको अवधारणा अघि बढाएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले घरमै बसेर विश्वसञ्जालसंग जोडिने वातावरण सरकाारले बताउने जिकिर गरे । उनले अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेका समस्यालाई पनि समाधान गर्ने आश्वासन दिए । ...
कार्यक्रममा बाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले अपाङ्गता भएका व्यक्तिहरुको आवातजावतलाई सहज पार्नका लागि पूर्वाधार अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा ५८ जनालाई अध्याधुनिक प्रविधियुक्त ह्वीलचेयर वितरण गरिएको थियो ।

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छ : श्रमम…

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन् : प्रधानमन्त्री ओली

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

प्रतिक्रिया