गृहमन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रशंसा गरे

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गरेको कार्यको प्रशंसा गरेका छन् । सिंहदरबारमा मन्त्री खाणको अध्यक्षतामा विहीबार बसेको बैठकमा उनले सशस्त्रको कार्य विवरणको विशेष प्रशंसा गरेका हुन् ।
२०७७/०८८ को तेस्रो चौमासिक वार्षिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले भने, 'सशस्त्रको काम प्रशंसनीय छ । नेपाल प्रहरीको पनि अब्बलता नै देखिन्छ ।’
राष्ट्रिय परिचयपत्र विभागले निर्वाह गरिरहेको भूमिका एतिहासिक रहेको बताउँदै अब कागजी-युगको अन्त्य हुँदै जाँदा यस्ता कार्यमा जोड दिनुपर्ने बताए । ‘यसमा हाम्रो सफलतासँगै ठूलो चुनौती पनि छ । प्रबिधिमा आउन सक्ने समस्याहरूबारे हामीले सहजकता र सावधानी अपनाउन आवश्यक छ ।’ अन्य सुरक्षासँगै अव डेटा सुरक्षाको विषयमा सम्बन्धित निकाय अत्यन्तै चनाखो र जिम्मेवार हुन जरुरी छ।
जेललाई व्यवस्थित बनाउन आवश्यक
कारागारमा रहेका कैदीबन्दीहरु पनि नेपाली नागरिक वा विदेशी नागरिक रहेको भए पनि उनीहरूलाई मानवताको आधारले सबै न्यूनतम व्यवस्थापन गर्ने दायित्व सरकारको हो । उनीहरुको स्वास्थ-उपचार, दैनिक खानपान र सहज बसोबास राज्यको जिम्मेवारी भएको पनि उनले बताए ।
‘यसलाई व्यवस्थित बनाउनु हाम्रो दाहित्व पनि हो। राज्य संचालनमा मन्त्रालय मातहातको विभागहरुसँग क्रमिक भेट र बैठक गर्दै कार्ययोजना बनाएर अघि बढ्ने छौँ । यसका सबै तयार रहेको काम गर्नुहोला,’ उनले निर्देशन दिए ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया