भारतको खराब प्रदर्शन, राहुलको अर्धशतक

काठमाडौँ : इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले पनि खराब प्रदर्शन गरेको छ । नट्टिंघममा घरेलु टोलीलाई १८३ रनमा अलआउट गरेर पहिलो पाली थालेको भारतले दोस्रो दिनको खेल सकिदा ४ विकेट गुमाएर १२५ रन बनाएको छ ।
दोस्रो दिनको तेस्रो सेसन वर्षाले गर्दा प्रभावित भएपछि स्टम्प गरिएको थियो । भारतका लागि ओपनर केएल राहुलले अर्धशतक बनाएका छन् । उनले ९ चौकाको मद्दतमा ५७ रन बनाएर खेलिरहेका छन् । रोहित शर्मासँग राम्रो सुरुवात गरेका राहुलले त्यसपछि भने गतिलो जोडी पाएका छैनन् ।
पहिलो विकेटका लागि रोहितसँग ९७ रनको साझेदारी गरेका राहुलले व्यक्तिगत प्रदर्शनमा अर्धशतक बनाएपनि टिमको अवस्था भने नाजुक छ । रोहित ३७ रनमा आउट हुँदा, चेतेश्वर पुजारा ४, विराट कोहली शून्य र आजिन्क्या रहाने ५ रनमा रनआउट भए ।
कप्तान कोहली नै जेम्स एन्डरसनको बलमा डकआउट भएपछि धरापमा परेको भारतीय इनिङलाइ राहुलले उकास्ने प्रयास गरिरहेका छन् । उनलाई साथ दिन युवा विकेटकिपर स्टाइलिस ब्याट्सम्यान रिशभ पन्त क्रिजमा छन् ।
जसले अष्ट्रेलियालाई उसकै मैदानमा हराएर भारतलाई टेस्ट श्रृंखला जिताउन ऐतिहासिक प्रदर्शन गरेका थिए । इंग्ल्यान्डका एण्डरसनले दुई र ओली रबिन्सनले एक विकेट लिएका छन् । भारतले ४ विकेट गुमाएर १२५ रनको अवस्थाबाट तेस्रो दिनको खेल थाल्नेछ ।

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_0wVQ04O9LN_hjgg06u1arem3nbeetepzj6n1kak2wxatdmeevl4ffxpbpjwa9ybp29d0yoq.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

प्रतिक्रिया