शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

ठाकुर समूहको चार जिल्लामा विस्तारित बैठक बस्‍दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहले चार जिल्लामा विस्तारित बैठक आयोजना गरेको छ । उक्त समूहले मधेशका चार जिल्‍लामा आज विस्तारित बैठक आयोजना गरेको हो ।

जस अनुसार सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झाले सम्बोधन गर्दैछन् । त्यस्तै सिरहामा अनिल कुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राइनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले सम्बोधन गर्दैछन् । बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।