आज पनि नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ- नेकपा एमालेको माधव नेपाल समूहको बैठक आज पनि बस्दैछ । बुद्धनगरमा बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
नेपाल समूहको बिहीबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो । बिहीबारको बैठकमा नेपाल पक्षीय केन्द्रीय कमिटीका अधिकांश सदस्यले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा आफूहरू वर्तमान सरकारमा सहभागी हुने सम्भावना नभएको र प्रतिपक्षमा रहने भन्ने विषयमा दुईमत नभएको स्थायी कमिटीका सदस्य रघुजी पन्तले बताएका थिए । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका कार्यदलका नेताहरूले पहल जारी राखेकाले समझदारी हुने विश्वास व्यक्त गरेका थिए ।
पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग एकताका विषयमा ठोस छलफल गर्ने तयारी भएपनि कुरा नमिल्दा माधव नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने भन्ने विषयमा अलमलमा छ । तर माधव नेपाल पक्षको बैठकमा सहभागि नहुन एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया