भुटानले दिएको कोभिडविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौँ- भुटानले नेपललाई अनुदानस्वरुप दिएको अष्ट्राजेनिकाको काेभिड खोप शुक्रबार नेपाल ल्याइएको छ । भुटानबाट ड्रक एयरको जहाजबाट खोप ल्याइएको नागरिक उड्डयन प्राधिकरले जनाएको छ । प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे खाेप ल्याएकाे विमान अवतरण गरेको थियो ।
भुटानबाट २१ बाकस खोप आएको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए। उनकाअनुसार विमानस्थलमा खोप राखिएको छ । भन्सारबाट पास भएपछि खोप टेकुस्थित भण्डारकेन्द्रमा खोप राखिनेछ ।
भुटानले यसअघि आफ्ना सबै नागरिकलाई खोप लगाइसकेर बाँकी रहेको खाेप छिमेकी मुलुकलाई दिने घोषणा गरेको थियो । कोभिडविरुद्धको ३ लाख डोज खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गरेको हो ।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा अमेरिकाले 'कोभ्याक्स' सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका, क्रोएसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट अस्ट्राजेनेकाकै एक लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो ।
आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि बाँकी रहेकाे करिब २ लाख ३० हजार मात्र डोज खाेप नेपाललाई दिएकाे हाे ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया