कार्यदलले बुझायो संयुक्त सरकारको नीति तथा कार्यक्रमकाे प्रतिवेदन

काठमाडौँ - सत्तारूढ गठबन्धनले बनाएको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । शुक्रबार बिहान कार्यदलका सदस्यहरूले बालुवाटारमा प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएका हुन् ।
बालुवाटारमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कार्यदलले प्रतिवेदन बुझाइएकाे हो।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए । जोशीका अनुसार प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रिय हितको सम्बद्र्धन, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालीक राहत पुनःनिर्माण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई प्राथमिकता दिइएको छ ।
सरकारको प्रमुख प्राथमिकता कोभिड रोकथाम र नियन्त्रण रहेको छ । प्रतिवेदनमा सो कुरालाई मुख्यरुपमा समेटिएको छ । गठबन्धनलाई कसरी दिगो बनाउने भन्ने विषय पनि प्रतिवेदनमा समावेश गरिएको जोशीले बताए । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहितालाई समेत प्रतिवेदनमा समावेश गरिएको छ । सरकार सञ्चालन गर्न १० बुँदे कार्यविधि बनाइएको सदस्यसचिव जोशीले जानकारी दिए । प्रधानमन्त्री देउवालगायत शीर्ष नेतृत्वले अध्ययन गरेपश्चात सो प्रतिवेदनबारे चाँडै विस्तृतरूपमा सार्वजनिक गरिने बताइएको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य थिए ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया