शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

देउवाको 'भिडियो गाईजात्रा' बन्द गर्न महामन्त्री खड्काको आग्रह

फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबारे सामाजिक सञ्जालमा गरिएको भिडियो प्रचार बन्द गर्न महामन्त्री पूर्णबहादुर खड्काले आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत ‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्दै सुरु गरिएको भिडियो प्रचारको चर्को विवाद र आलोचना भएपछि तत्काल यो ‘भिडियो जात्रा’ बन्द गर्न खड्काले आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री सचिवालयलाई आग्रह गर्दै लेखेका छन्, ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरी जनताबीच स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाज्यूँका बारेमा सामाजिक सन्जालमार्फत सुरु गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु ।’ यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि देउवाको भिडियो प्रचार बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।