आगामी साता दुई सचिव सेवानिवृत्त हुँदै

काठमाडौँ– आगामी साता नेपाल सरकारका तीन सचिव सेवानिवृत्त हुनलागेका छन् । आइतबार राजस्व सचिव रामशरण पुडासैनी र त्यसको दुई दिनपछि मंगलबार प्रदेश ३ सरकारका प्रमुख सचिव मुकुन्द पौडेल सेवानिवृत्त हुँदैछन् । प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल बुधबार सेवानिवृत्त हुनेमा उनले पहिल्यै राजीनामा दिइसकेका छन् ।
राजस्व सचिव पुडासैनीले लामो समय अर्थ मन्त्रालयमा सेवा गरे । अर्थ मन्त्रालयमा उनले बजेट महाशाखा, राजस्व व्यवस्थापन महाशाखा लगायत विभिन्न भूमिकामा रहेर काम गरे । मुख्यसचिवबाट राजीनामा दिएर एसियाली विकास बैंकको वैकल्पिक निर्देशकमा जागिर खान मनिला पुगेका सोमलाल सुवेदीलाई हटाएर पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन सहसचिव पुडासैनीलाई पठाएको थियो ।
२०७६ माघ २२ मा तत्कालीन अर्थसचिव राजन खनाल सेवानिवृत्त भएपछि सरकारले राजस्वबाट शिशिरकुमार ढुङ्गानालाई अर्थसचिव बनाएको थियो । त्यसपछि पुडासैनीले कामु राजस्व सचिवको जिम्मेवारी पाएका थिए । त्यस लगत्तै उनी बढुवा समितिको सिफारिशमा परेर सचिव भए र राजस्व सचिवका रूपमा कार्यरत रहे ।
त्यस्तै, मंगलबार सेवानिवृत्त हुन लागेका प्रदेश ३ का प्रमुख सचिव पौडेलले सहसचिव हुँदा लगानी बोर्ड, सम्पत्ति शुद्धीकरण निवारण विभाग, अर्थ मन्त्रालयको जिम्मेवारीमा थिए । सचिव बढुवा भएपछि उनलाई बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा पदस्थापन गरिएको थियो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया