नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप सेवामा दश जनालाई आबद्ध गराउन सकिने

काठमाडौँ- नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप(सीयूजी) सेवामा कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दश जना मोबाइल प्रयोगकर्तालाई समूहमा आबद्ध गराउन सकिने भएको छ ।
कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरूको आवश्यकतालाई दृष्टिगत गरी २००, ५००, एक हजार र १५ सय रुपैयाँ दरका विभिन्न सीयूजी प्याकेजहरू उपलब्ध रहेको टेलिकमले जनाएको छ ।
पोस्टपेड मोबाइलका ग्राहकले हजारको प्याकेजअन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ देखी बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्न सक्नेछन् । मासिक हजार मिनेट कल र अन्य नेटवर्कमा सय मिनेट कल गर्न सक्ने टेलिकमको भनाइ छ ।
यसैगरी १५ सयको प्याकेजमा सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ देखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल तथा मासिक १५ सय मिनेट कल गर्न सकिने टेलीकमको भनाइ छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ ।
जुन पनि संस्था-कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरेर कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्ने टेलिकमले जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया