सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

७२ हजार घूससहित बूढानीलकण्ठका इन्जिनयर पौडेल पक्राउ

काठमाडौँ – काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका सव–इन्जिनियर विनोदकुमार पौडेल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घूसबाफत लिएको ७२ हजार रुपैयाँसहित पौडेललाई पक्राउ गरेको हो।

सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घूस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। बाँकी अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।