भारत सरकारकै कारण उत्पादक कम्पनीले खोप दिन सकेन
भारत सरकारले अनुमति नदिए सिरमले छिट्टै रकम फिर्ता गर्ने : नेपाली दूतावास

काठमाडौँ- नेपाललाई कोभिसिल्ड खोप उपलब्ध गराउने भन्दै अग्रिम रकम लिएको 'सिरम इन्स्च्युट' ले अब पनि खोप उपलब्ध नगराए रकम फिर्ता लिने जानकारी भारतस्थित नेपाली दूतावासले दिएको छ । नेपालले खरिद गरेको खोप भारत सरकारले निर्यात गर्न अनुमति नदिएको कारण पहिलो डोज कोभिसिल्ड लगाएकाहरू अझै खोपको पर्खाइमा छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले माघ महिनामा भारतसँग खोप खरिद गर्न सम्झौता गरेको थियो । २० लाख डोज खोप प्रति खोप ४ डलरमा किन्ने गरी सम्झौता भएको थियो । खरिद सम्झौता भएको सात महिना भइसक्दा पनि कम्पनीले दोस्रो लट खोप पठाउन सकेको छैन । 'कोभिसिल्ड' खोप खरिदका लागि सरकारले ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो ।
कम्पनीले नेपाल सरकारसँग खोप आपूर्ति गर्न लिएको रकमसमेत फिर्ता गर्न तयार रहेको दिल्ली स्थित नेपाली दूतावासका उपप्रमुख रामप्रसाद सुवेदीले इकागजलाई बताए । भारतले खोप निर्यातमा अनुमति नदिएमा नेपालसँग खरिद गर्न लिएको रकम फिर्ता गर्न सक्ने उनको भनाई छ । 'खरिद गरेको खोप नेपाल पठाउन निरन्तर कम्पनीसँग सम्पर्कमा छौँ,' उनले भने ।
कम्पनीले खोप खरिद गर्न लिएको रकम फिर्ता नगरोस र खोप नै उपलब्ध गराओस भन्ने पक्षमा दूतावास रहेको पनि उनले सुनाए । भारतले अनुमति दिएमा कम्पनीले जुनसुकै समय पनि नेपाललाई खोप पठाउन सक्ने सुवेदीले जानकारी दिए । मुख्य कुरा भारतले निर्यातमा अनुमति दिनुपर्ने उनको भनाइ छ । कोभिडको दोस्रो लहर आएदेखि भारतले खोप निर्यातमा रोक लगाएको छ ।
'अगष्ट महिनासम्म आफ्ना नागरिकलाई पहिलो डोज लगाइ सकेपछि केही समय रोकेर नेपालमा खोप पठाउन भारतले अनुमति दिन सक्छ,' उनले भने । भारत सरकाले अन्य मुलुकलाई खोप निर्यातमा रोक लगाएको सुवेदीले जानकारी दिए । भारतले उत्पादन गरेको खोप अन्य मुलुकले पाउन भारतको नीतिमा नै भरपर्ने सुवेदीको भनाइ छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया