शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

आज यी चार जिल्लामा ठाकुर समूहको अगुवा कार्यकर्ता भेला

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूहको आज चार जिल्‍लामा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ । आज झापा, धनुषा, पर्सा र कैलालीमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको हो ।

जसअनुसार झापामा केशव झा, सन्तोष मेहताले सम्बोधन गर्नेछन् । त्यस्तै धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया, वृषेश चन्द्र लालले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी पर्सामा शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल र विमल श्रीवास्तवले सम्बोधन गर्नेछन् । कैलालीमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।