आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

जापानबाट पाँच लाख डोज खोप नेपाल आइपुग्‍यो

फाइल तस्‍बिर

काठमाडौँ - जापानले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुगेको छ । शनिबार बिहान साढे ९ बजे जापानबाट पाँच लाख १३ हजार डोज खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए । उनकाअनुसार एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जापानले १६ लाख डोज एस्ट्राजेनेका खोप सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।