आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आन्तरिक मूल्यांकनका आधारमा तयार पारिएको एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
यस वर्ष पनि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो । गएको वर्ष पनि कोभिड १९ का कारण आन्तरिक मूल्यांकनबाटै परीक्षाको नतिजा सार्वजनिक भएको थियो ।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आइभीआरमार्फत प्राप्त गर्न सकिने उनले बताए । बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकमको १६००, एनसेलको, १६००, अन्य विभिन्न कम्पनीको ३४९४९, ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न सकिने व्यवस्था गरेको छ ।
नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनःपरीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षा तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_0GNp11ApvB_nmckuw9ydfsnrlkjafk85jbse4jnp1p9x2ct52yqqke86kvqrcdyvpya5k6f.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

प्रतिक्रिया