सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

रूसद्वारा कोभिडविरुद्ध खोप अभियान सुरु

फाइल तस्बिर

रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोभिडको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड-१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिडविरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक-५ खोपको प्रयोग भइरहेको छ ।

खोप विकासमा संलग्‍न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् । खोपको रूस लगायतका स्थानमा सामूहिक परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता भएका छन् । मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसङ्ख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र र सामाजिक कार्यमा संलग्न मानिसहरूलाई प्राथमिकतामा राखी खोप सेवा उपलब्ध गराइराखिएको छ । 

पछिल्लो ३० दिनमा कुनै सुई लगाएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई खोप नदिइने उनले बताए । उनले दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोपको प्रारम्भिक अभियानमा सम्लग्‍न नगराइने बताइएको छ । (सिन्ह्वा)

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्व…

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा…

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म गयो ६२ को ज्यान

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…