बुटवलमा गोली चल्यो, एकजना घाइते

बुटवल : बुटवलको मिलनचोकमा गैडा तस्करसँग प्रहरीको गोली हानाहान भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ मिलनचोकदेखि पूर्वतर्फ सुख्खा नगरमा रहेको एक होटलमा तस्करहरू बसेको सूचना पाएपछि पुगेको प्रहरी र तस्करबीचमा लोगी हानाहान भएको हो ।
प्रहरीकै बन्दुक खोसेर तस्करले गोली चलाएको रुपन्देही प्रहरी प्रमुख प्रविण पोख्रेलले जनानकारी दिए । घटनामा एक जना तस्करलाई गोली लागेको छ । घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । उनको चिउडोमा गोली लागेको छ ।
प्रहरीले गैडाको खाससहित दुई जनालाई नियन्त्रणमा लिएको छ । गोली प्रहार गर्ने एकजना होटलको पर्खाल नाघेर फरार भएको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका तीन दाजुभाइ

प्रतिक्रिया