आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

'कक्षा १२ को परीक्षा गर्न सबै तयारी सके पनि सरकारको निर्देशनले स्थगित गरियो'

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले सरकारको निर्देशनको कारणले मात्रै कक्षा १२ को परीक्षा रोक्नु परेको बताएका छन् । बोर्डले परीक्षाको तयारी गरे पनि सरकारको निर्देशनको कारणले मात्रै परीक्षा हुन नसकेको बताएका हुन् ।  

उनले देशैभरि परीक्षा संचालन हुने केन्द्रहरुमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर संचालन गर्न सकिने दाबी गरे । कोभिड संक्रमणको जोखिमले यसअघि कक्षा १२ को परीक्षा दुई पटक रोकिएको उनी बताउँछन् । बोर्डले परीक्षाका लागि सम्पूण तयारी गरे पनि सीसीएमसीले मन्त्रालयमार्फत् अहिलेको लागि परीक्षा स्थगित गर्ने निर्देशन दिएपछि परीक्षा रोकिएको उनको भनाइ छ ।  

‘पहिलो पटक परीक्षा तालिका सार्वजनिक गरेपछि दोश्रो चरणको लकडाउन भयो, त्यसपछि सबै अवस्था सामान्य भएपछि परीक्षा सञ्चालन गर्न लाग्दा कोभिडको तेस्रो लहरको शंका गर्न थालियो, तर अवस्था त्यस्तो देखिँदैन, केही घटबढ भइरहेको छ, समाजमा एक किसिमको त्रास बढ्दै गएकोले हामी अन्तिम तयारी हुँदाहुँदै पनि सरकारको निर्देशनपछि परीक्षा रोकियो’ उनले भने ।