भारत भर्सेज इंग्ल्यान्ड : पहिलो टेस्टको अन्तिम दिन वर्षा
काठमाडौँ : भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्टको अन्तिम दिन वर्षा बाधक बनेको छ । भारतले पहिलो टेस्ट जित्न २०९ रनको लक्ष्य पछ्याइरहेका बेला पाँचौ दिनको खेल सुरु नहुँदै वर्षा बाधक बनेको हाे ।
इंग्ल्यान्डलाई दोस्रो पालीमा ३०३ रनमा अलआउट गरेपछि २०९ रनको लक्ष्य पाएको भारतले चौथो दिनको खेल सकिदा १ विकेट गुमाएर ५२ रन बनाएको थियो । पाँचौ दिन टेस्ट जित्ने उद्धेश्यका साथ मैदान उत्रिने तयारीमा रहेका भारतीय ब्याट्सम्यान पानी परेपछि पेभेलियनमा थन्किएका छन् ।
पहिलो पालीमा इंग्ल्यान्डले १८३ रन बनाउँदा भारतले २७८ रन बनाएको थियो । पहिलो पालीमा ९८ रनको अग्रता बनाएको भारतले इंग्ल्यान्डलाई ३०३ रनमा अलआउट गरेको थियो । कप्तान जोय रुटले शतक बनाएपछि सम्हालिएको इंग्ल्यान्डलाई जित निकाल्न पाँचौ तथा अन्तिम दिन भारतको ९ विकेट पतन गराउनुपर्नेछ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया