शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

फुटबल टोलीको प्रशिक्षण अब पोखरामा

काठमाडौँ - नेपालको राष्ट्रिय फुटबल टिम (पुरुष) को बन्द प्रशिक्षण पोखरामा हुने भएको छ । १० दिने लामो विश्राम सकेर फुटबल टोली मंगलबार पोखरा पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । बन्द प्रशिक्षण बुधबारबाट सुरु हुने बताइएको छ । 

नेपाली टिमले हाल मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीको नेतृत्वमा आगामी साफ च्याम्पियनसिप । एएफसी एसियन कप छनौटका लागि तयारी गरिरहेको छ । बन्द प्रशिक्षणमा रहने टिममा केही परिवर्तन पनि गरिएको छ । प्रकाश बुढाथोकी र एरिक विष्ट पोखरा पुग्ने छैनन् भने शिशिर लेखी, शेसेहाङ आङ्दाम्बे र विशाल सुनार प्रशिक्षणमा सहभागी हुनेछन् । 

प्रशिक्षणमा सहभागी खेलाडीः 

गोलरक्षकः किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु, अपर्ण कार्की र विशाल सुनार 

रक्षकः रजिन धिमाल, सुमन अर्याल, रन्दिप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिव लोप्चन, अनन्त तामाङ र रोहित चन्द

मिडफिल्डरः सुरज ज्यू ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, संजोग राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, शेसेहाङ आङदाम्बे र शिरि लेखी 

फरवार्डः नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल