भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय

काठमाडौँ : बढ्दो कोभिड-१९ संक्रमणमा भदौ ५ गतेसम्मका परीक्षा जारी राख्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको आइतबार बसेको बैठकले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका प्रमुख तथा परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरिएको बताए । त्यसपछि पनि संक्रमण बढेको अवस्थामा विश्वविद्यालयको बैठक बसेर निर्णय गरिने पनि उनले बताए ।
शनिबार राष्ट्रिय परीक्षा बोर्डले कोभिड १९ संक्रमण फेरि बढेपछि एक हप्तापछिबाट सुरु हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा स्थगित गर्दा त्रिविका परीक्षा पनि रोक्नुपर्ने कतिपय सरोकारवाला, अभिभावक र विद्यार्थीको जोड छ ।

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया