मेरो मृत्यु भएको हल्ला चलाएपनि विचलित हुने छैन : उपकूलपति सिंह
विश्वविद्यालयमा भ्रष्टाचारमुक्त अभियान थाल्दा घेराबन्दी भएको आरोप

सुर्खेत - मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्यालयमा सुधार ल्याउन खोज्दा आफूविरुद्ध घेराबन्दी भएको बताएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन प्रमुखको हस्ताक्षर दुरुपयोग गरी आपराधिक गिरोहले आफ्नो मृत्युबारे अपवाह फैलाइएको बताए ।
शनिबार विश्वविद्यालयकै लेटरप्याडमा उपकुलपतिसिंहको मृत्यु विवरण समेटिएको प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उपकुलपति सिंहले भ्रष्टाचार नियन्त्रण र प्राज्ञिक सुधारका योजना अघि सार्दा आफूविरुद्ध चौतर्फी घेराबन्दी भएको टिप्पणी गरे । “अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर मेरो मृत्यु घोषणा गरियो, यसबाट म विचलित हुनेछैन्”, उनले भने, “पदमा रहुञ्जेल विश्वविद्यालय सुधारेरै छाड्छु, गलत गर्नेलाई कुनै हालतमा छुट दिन्न ।” उनले आफ्नो मृत्यु भएको भनी विज्ञप्ति जारी गर्ने आपराधिक गिरोहविरुद्ध साइबर अपराध र सरकारी कागजात दुरुपयोगसम्बन्धी मुद्दा दायर गरेको जानकारी दिए ।
आफूले ‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ र पारदर्शिताको अभियान थालेदेखि विगतमा ‘बिल मिलाएर खानेहरु’ आफूविरुद्ध लागेको उपकुलपति सिंहको आरोप थियो ।
उपकुलपति सिंहले विश्वविद्यालय प्रशासन विद्यार्थी र प्राध्यापकहरुका जायज माग सम्बोधन गर्न तयार रहे पनि उनीहरु वार्तामा आउन नचाहेकाले समस्या समाधान हुन नसकेको बताए । केही उद्दण्ड तत्वहरुले भौतिक संरचनामा पु¥याएको क्षतिबारे प्रमाणसहित उपलब्ध गराउँदासमेत प्रहरीले बेवास्ता गरेको गुनासो गरे ।
त्यस्तै उपकुलपतिविरुद्ध आपराधिक कार्य गर्नेको पहिचान गरी कानूनी कारबाही गर्न विश्वविद्यालय प्रशासनका साथै विभिन्न प्राध्यापक र विद्यार्थी सङ्गठनहरुले माग गरेका छन् । रासस

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया