१२ कक्षाको परीक्षा स्थगित गरेकोमा विद्यालय व्यवस्थापन महासंघको आपत्ति

काठमाडौँ - सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ । सो महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आइतबार जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दो विकल्प, नयाँ तालिका र विधि नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।
बोर्डले शैक्षिक सरोकारवालाको छलफलपछि परीक्षा केन्द्र÷कोठामा स्वास्थ्य सुरक्षा अपनाउने गरी हेल्थ डेस्क राख्ने, पिसीआर परीक्षण, मास्क र स्यानिटाइजरको व्यवस्था र परीक्षा हलमा २५ जना नबढाइ सो परीक्षा सञ्चालन गर्ने निर्देशिकासहित कार्यतालिका सार्वजनिक भएकामा एकाएक स्थगन गरिएको महासङ्घको भनाइ छ ।
बोर्डले कोरोनाको जोखिम बढेको तथा नेपाल सरकारको आग्रहका आधारमा परीक्षा स्थगन गरेको थियो । महासङ्घले परीक्षा स्थगन हुँदा विद्यार्थीको सिकाइमा दीर्घकालीन मनोवैज्ञानिक असर पर्न गएको, परीक्षाको गुणस्तर घटेको र विद्यार्थीमा निराशा पैदा हुने भएकाले अन्योल हटाउने गरी चाँडै नयाँ तालिका र विधि ल्याउन माग गरेको छ । रासस

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया