मलेसियामा कोरोनाले फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित

क्वालालमपुर- मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा ३६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
योसँगै मलेसियामा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १० हजार ७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले सोही अवधिमा मलेसियामा थप १८ हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए । तीमध्ये १० जना बाहिरबाट सरेर सङ्क्रमित भएका र अरू आन्तरिक रूपमै सरेको पनि उनले बताए ।
मलेसियामा कोरोनाभाइरसबाट अहिलेसम्म कूल सङ्क्रमितहरूको सङ्ख्या १२ लाख ६२ हजार ५४० पुगेको छ ।
सङ्क्रमितमध्ये १७ हजार ५५ जना भने पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका छन् । एकैदिनमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्यामा वृद्धि भएको छ ।
मलेसियामा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको कूल सङ्ख्या दुई लाख २५ हजार ३९३ रहेको छ । तीमध्ये एक हजार ९५ जनालाई अति सघन कक्षमा राखिएको छ भने ५७१ जनालाई श्वास प्रश्वासमा सहयोगको आवश्यकता परेको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाहरूको कूल सङ्ख्या भने १० लाख २६ हजार ३९८ पुगेको छ । यो सङ्ख्या कूल सङ्क्रमितहरूमध्येको ८१.३ प्रतिशत हो ।
कोरोनाभाइरसका कारण दैनिक मृतक र सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरूमा कडाइ गर्ने बताएको छ । (सिन्ह्वा)

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया